नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको घरमा प्रहरीले छापा मारेको छ।
आज बिहान नेपाल प्रहरी र सशस्त्रको टोलीले कपिलवस्तुको शिवराज नगरपालिका– ९ स्थित शिवगढीमा विप्लवको घरसहित अन्य घरमा पनि छापा मारेको हो।
एसएमजी दुई थान, चाइनिज पेस्तोल एक थान, दुई सय राउन्ड गोलीसहित बम बनाउने विस्फोटक पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
छापा मार्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडपसमेत भएको थियो। झडपमा प्रहरी जवान अमर वली र पुतली चौधरी घाइते भएका छन्। प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले विशेष सुराकीको आधारमा सर्च अपरेसन चलाएको थियो। अपरेसनका क्रममा विप्लवका भतिजा यादव चन्दको घरबाट समेत ठूलो मात्रामा हतियार बरामद भएको छ।
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५