काठमाडौं : ताप्लेजुङको फुङलिङ नगरपालिका- १० स्थित सिस्नेभीरको दाह्रेढुंगामा गत साता एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा हराएको पेस्तोल भेटिएको छ ।
हेलिकोप्टरमा सवार नेपाली सेनाका जम्दार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल फेलापरेको हो । अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोलीले मंगलबार घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त एम थान पेस्तोल, दुई थान म्याग्जिन, तीन थान साबुत गोली, तीनवटा खोका र मोबाइल जलेको अवस्थामा फेलापरेको हो।
उक्त दुर्घटनामा जमदार घिमिरेसहित सनत जनाको ज्यान गएको थियो । यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५