काठमाडाैँ : यस वर्षको प्रि-मनसुन सुरु भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मार्चबाट सुरु भएको प्रि-मनसुन मेसम्म रहने छ। मौसमविद् राजु प्रधानांगका अनुसार यो अवधिमा असिना पानी, चट्याङ पर्ने तथा हुरीबतास चल्ने हुन्छ। ‘अहिले त भर्खर प्रि-मनसुन सुरु भएको छ, मध्यतिर पुगेपछि असिनासहितको वर्षा तथा हुरीबतास सुरु हुन्छ, उनले भने ।
मौसमविद्का अनुसार नेपालमा मौसमलाई चार भागमा बाँडिएको छ। जसअनुसार डिसेम्बरदेखि जनवरीसम्म विन्टर, जुनदेखि सेप्टेम्बरसम्म मनसुन, अक्टोबरदेखि नोभेम्बरसम्म पोस्ट मनसुन, मार्चदेखि अप्रिलसम्म प्रि-मनसुन पर्छ। प्रि-मनसुनसम्म पश्चिमी वायुको प्रभाव रहन्छ भने मनसुनमा पूर्वी वायु सक्रिय हुने गर्दछ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५