काठमाडाैँ : सरकारले आन्दाेलनरत सरकारी चिकित्सक संघ (गोदान)को माग सम्बोधन गर्नका लागि ‘एक्सन कमिटी’ गठन गरेको छ।
सङ्घीय मामिला मन्त्रालय, स्वास्थ्य मन्त्रालय र गोदानका प्रतिनिधि सम्मिलित समिति गठन भएको हो।
सङ्घीय मामिला मन्त्रालयबाट सचिव दिनेश थपिलया र भूपाल बराल, स्वास्थ्य मन्त्रालयबाट डा. विकास देवकोटा, जनार्दन गुरागाईं र महेन्द्र श्रेष्ठ र गोदानका प्रतिनिधि रहेका छन् ।
संघ अध्यक्ष डा. दीपेन्द्र पाण्डेका अनुसार गोदानका माग सम्बोधन गर्न मंगलबार स्वास्थ्य मन्त्रालय, सङ्घीय मन्त्रालयका उच्चस्तरीय र गोदानका प्रतिनिधि बसेर सम्झौताका लागि मस्यौदा बनाउने कार्यक्रम तय भएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५