दमक : पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको दमक-४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एकापसमा जुध्दा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गए राती करिब ८ बजे कृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे३प १८३२ नं. को मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को३प ७७०० नं. को मोटरसाइकल एकापसमा जुधेका थिए ।
सो दुर्घटनामा परेर इलाम चुलाचुली बस्ने ४० वर्षीय पुरणकुमार राईको मृत्यु भएको छ भने दमक–१० का २५ वर्षीय सुजन धिमाल, पाँचथर फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक र परिचय खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक व्यक्ति घाइते भएका छन् । घाइते सबैको विराटनरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक राई समाजवादी युवा फोरमका प्रदेश १ का समितिका सहसंयोजकसमेत रहेको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५