कलाकार जितु नेपाल मुन्द्रेले सिन्धुपाल्चोकका मिर्गाैला पीडित आशीष धमलालाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
त्यस्तै निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले नगद १० हजार, गायक ताराप्रकाश लिम्बूले नगद ५ हजार तथा रेडियो अडियो टिमले प्रदान गरेकाे ५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरियाे ।
उनको अवस्था देखेर आफूहरूले सानो रकम सहयोग गरेको कलाकार जितु नेपालले बताए । आशीषका बुबा हाल वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा सेक्युरिटी गार्डकाे रूपमा काम गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५