काठमाडाैँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालले सरकारी चिकित्सक संघ (गोदान)लाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।
मन्त्रालयका सहसचिव जनार्दन गुरागाईंले बुधबार विज्ञप्ति प्रकाशित गरी आन्दोलन स्थगित गर्न आग्रह गरेका हुन् ।आन्दोलन फिर्ता नलिए यसबाट हुनसक्ने प्रतिकुल असरको जवाफदेही चिकित्सक नै हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा सरकारीस्तरबाट सकारात्मक पहल हुँदाहुँदै पनि संघको आहृवानमा बिरोध भइरहेकोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५