नवलपरासी: महानायक राजेश हमालले आफ्नो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई जग्गा प्रदान गरेका छन् ।
नवलपरासीस्थित पुर्ख्यौली घरमा ६० वर्ष अघिदेखि काम गर्दै अएका विपन्न परिवारलाई २ करोड मुल्य बराबरको जग्गf दान गरेका हुन् ।
महानायक हमालले आफनो नाममा रहेको जग्गा मालापेत कार्यालयवाट घरबासको लागि चार विपन्न परिवारलाई नि:शुल्क पास गरिदिएका हुन् । हमालले आफ्नो हजुरआमाको पालादेखि घरको काममा सहयोग गर्नेहरुलाई जग्गा प्रदान गरेका हुन् ।
भाई राकेश हमाल र सहयोगी सहित पुगेका हमालले तुल्सी विकलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेको वडाध्यक्ष माधव केसीले बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५