यस वर्षको ओस्कार अवार्डमा फिल्म ‘ग्रीन बुक’ सर्वोत्कृष्ट घोषित भएको छ । अमेरिकाको लस एन्जेलसमा आइतबार राति आयोजित ९१ औं ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चर्सद्वारा निर्मित यस फिल्मले बाजी मारेको हो ।
ग्रीन बुकले तीन वटा ओस्कार जित्यो । उक्त फिल्मबाट अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अलीले सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते । यसैगरी सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ग्रीन बुकको नाममा रह्यो ।
सर्वोत्कृष्ट अभिनेताको अवार्ड ‘बोहेमियान रुहाप्सोडी’ बाट रामी मलेकले हात पारे । सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ‘द फेभरेट’ बाट ओलिभिया कोलम्यानले अवार्ड पाएकी छन् । उनी पनि पहिलोपटक यो अवार्डका लागि मनोनयनमा परेकी थिइन् ।
यसैगरी अल्फोन्सो कुआरोन सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते । यसअघि सन् २०१४ मा पनि उनले यो अवार्ड जितेका थिए । यसैगरी सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘इफ बियल स्टि्रट कुड टक’ बाट रिेगिना किङलाई दिइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५