बलिवुड अभिनेत्री शोनाक्षीले एक अवार्ड कार्यक्रमको लागि अग्रिम शुल्क ३७ लाख लिएर कार्यक्रममा नगएपछि आयोजक प्रमोद शर्माले उजुरी दर्ता गरेका छन् । शोनाक्षी सिन्हा सहित ५ जनामाथि ३७ लाखको उजुरी दर्ता गरिएको हो।
उजुरी गरेपनि पुलिसले आरोपी विरुद्ध कुनै पनि एक्शन नलिएपछि आयोजक प्रमोदले आत्महत्या गर्ने कोशिष गरेका छन् । प्रमोदले १३ फेबु्रअरीमा विष सेवन गरेर आत्महत्या गर्ने कोशिष गरेका थिए । प्रमोदले आत्महत्या गर्ने कोशिष गरेपछि यस मामिलामा भएको जाँचले शोनाक्षी सहित ५ जना आरोपी भएको ठहर गरेको छ ।
गत ३० सेप्टेम्बरमा आयोजना गरिएको ईण्डिया फेशन एण्ड ब्युटी अवार्डमा शोनाक्षीलाई बोलाईएको थियो । यस कार्यक्रममा अवार्ड वितरण गर्नको लागि शोनाक्षी जानु पर्ने थियो । तर उनी नगएपछि आयोजकलाई तनाव भएको हो ।
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५