काठमाडौ : अभिनेता अनमोल केसीले बाहिरी ब्यानरका फिल्ममा ४० देखि ५० लाखसम्म पारिश्रमिक बुझ्ने अनमोलले काजल फिल्मको ब्यानरमा बन्ने फिल्ममा चाहिँ कति पारिश्रमिक बुझ्छन् होला ? धेरैका लागि चासोको विषय हो । ड्रिम्स , कृ पछि क्याप्टेन मा उनका बुबा भुवन केसीको लगानी छ । भुवनको फिल्ममा काम गर्दा पनि उनले पारिश्रमिक पाउँछन् ?
स्पष्ट जवाफ दिन सिपालु अनमोलले ‘घरकी मुर्गी दाल बराबर’ भन्दै जवाफ दिए । त्यसो भए सुक्को पैसा पाउनुहुन्न ? पत्रकारको प्रश्नमा उनले अगाडि भने- फिल्मले कमाएको पैसा त जसरी पनि घर मै आउने हो । तर, पनि ड्रिम्स हिट भएपछि बुबाले डुकाटी बाइक उपहार दिनुभएको थियो ।
गाडीभन्दा बाइकका सौखिक अनमोल क्याप्टेन हिट भएको खण्डमा पिताबाट फेरि गिफ्टको अपेक्षा रहने बताए । म बुबासँग गिफ्ट चाहिँ माग्दिनँ । उहाँ आफैंले सम्झेर/बुझेर दिनुहुन्छ । उहाँले जे दिनुहुन्छ त्यो मेरो लागि अमूल्य उपहार हो , उनले भने । ‘क्याप्टेन’ ले कति पैसा कमाउँछ भन्दा पनि आफ्नो चरित्र दर्शकले रुचाउँछन् कि रुचाउँदैनन् भन्नेमा आफू चिन्तित रहेको उनले बताए ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५