नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५’ हुने भएको छ । फागुन १३ गते सोमबारदेखि सुरु हुने उक्त महोत्सव आठ दिनसम्म सञ्चालन हुनेछ ।
नेपालका सात नाट्य समूहहरुको सहकार्यमा हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा अलीले उद्घाटन गर्नेछन् ।
महोत्सवमा नाट्य प्रस्तुतिसहित विविध सांस्कृतिक झाँकी, नाटककमा फोटो प्रदर्शनी, दैनिक अन्तर्क्रिया, कवितावाचन, चित्रकला प्रदर्शनी, रंगकर्मीलाई सम्मान र पुरस्कार पनि वितरण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
करिब ३० वटा स्वदेशी तथा विदेशी नाटक मञ्चन गरिनेछन्। आयोजकका अनुसार राजधानीस्थित सर्वनाम थिएटर (कालिकास्थान), मण्डला नाटकघर (अनामनगर), कौसी थिएटर (टेकु), गोठाले नाटकघर (बत्तीसपुतली) र थिएटर मल (कीर्तिपुर) मा हरेक दिन फरकफरक नाटक मञ्चन हुनेछन्। ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५