राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाको गीतिसंग्रह ‘मेरो प्यारो नेपाल’ विमोचन गरिएको छ । शनिबार राजधानीको हिमालचुली कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा गीति संग्रहको विमोचन भएको हो।
शीर्ष गीत ‘जहाँ म जन्मे जहाँ हुर्की बढें, त्यहि माटो पानी मेरो भूस्वर्ग’ बोलको गीत विभिन्न सात भाषामा रेकर्डिङ भएको छ।
संगीतकार शम्भुजीत बाँस्कोटाको संगीत रहेको गीतकार कमल थापाको गीतिसंग्रहमा नेपाली भाषामा गायक राजसागर, नेवारी भाषामा अमला महर्जन, मैथिलीमा मेचु धिमाल, भोजपुरीमा हरिशंकर चौधरी, लिम्बू भाषामा खगेन्द्र याक्सो, तामाङ भाषामा टीका बम्जन र थारु भाषामा हरिशंकर चौधरीको गायन रहेको छ।
कार्यक्रममा अध्यक्ष थापाले भने, ‘यसबाट सांगीतिक क्षेत्रमा सानो रुपमै भएपनि योगदान पुग्न सके मलाई सन्तोष मिल्छ ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५