काठमाडौं : नेपाली कांग्रेसका नेता नरहरि आचार्यको संस्मरणात्मक पुस्तक ‘गणतन्त्रको यात्राः बन्दी वृतान्त’ चैत पहिलो साता बजारमा आउने भएको छ । संवैधानिक राजतन्त्र मान्दै आएको कांग्रेसमा गणतन्त्रको बहस प्रारम्भ गर्नेमा आचार्य पर्छन् ।
तत्कालिन राजा ज्ञानेन्द्र विरविक्रम शाहको शाही कदमपछि आचार्य गिरफ्तार भएका थिए । ०६१ माघ १९ को ‘शाही कू’पछि उनी पक्राउ परपछि बन्दीजीवनका बेलाको स्मरणलाई उनले पुस्तकमा उतारेका छन् ।
‘यो पुस्तक एक समयको मेरो बन्दी जीवनको वृतान्त हो। म बन्दी रहेको त्यहि कालखण्डले नै नेपालमा गणतन्त्रको आगमनलाई थप सुनिश्चित गर्यो र परिवर्तनको आधार तयार ग¥यो ,’ आचार्यले पुस्तकका बारेमा भनेका छन्, ‘खासगरी गणतन्त्रको यात्रामा म हिंडेको बाटोका प्रसंग र सन्दर्भहरु पुस्तकमा स्मृतिका रुपमा समेटेको छु ।”
६३८ पृष्ठ लामो यस पुस्तकलाई सांग्रिला बुकले बजारमा ल्याउन लागेको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५