काठमाडौं । ‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा उत्कृष्ट गायीकाको अवार्ड गायिका स्मृति गौतमले प्राप्त गरेकी छिन् । चर्चित लोकदोहोरी गायिका गौतमले कतारमा सम्पन्न एक कार्यक्रमकाबीच अवार्ड प्राप्त गरेकी हुन् ।
टंक केसी र मिरा घिमिरेको म्युजिक रहेको गायीका स्मृति गौतमको ‘घर त ठिमि’ बोलको गीतबाट उनले अवार्ड हात पार्न सफल भएकी हुन् । हिमालयन इभेन्टस प्रालि र जन सवाल राष्ट्रिय दैनिकको संयुक्त आयोजनामा कतारको दोहास्थित एक होटेलमा अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो ।
गायिका गौतमको ‘कालो बजारी’, ‘पानबुट्टे चोली’, ‘टोखा छहरे त्रिशुली बजार’, ‘कामेरो’, जस्ता चर्चित गितहरु बजारमा उपलब्ध छन् । सिन्धुपाल्चोक स्थायी घर भएकी गौतम लामो समयदेखि नेपाली लोक दोहोरी तथा काँठ क्षेत्रका गीतहरु गाउन प्रख्यात छिन् ।
गायीका गौतमले केही दिन अघि मात्र नेपालमा ‘नेशनल पावर म्युजिक अवार्ड २०१९’ बाट सम्मानित भएकी थिइन् । ‘पानबुट्टे चोलि’ नामक गितबाट उनले सर्वोत्कृष्ट काठे गायिकाको अवार्ड हात पारेकी थिइन् । उक्त अवार्ड पूर्व राष्ट्रपति परमानन्द झाले प्रदान गरेका थिए ।
त्यस्तै, म्युजिक अवार्डमा उत्कृष्ट गायकको अवार्ड सर्जक गायक अमृत खातीले प्राप्त गरेका छन् । विषम गौतमको शब्द र सिर्जु अधिकारीको सङ्गीतमा रहेको ‘झुम्के बुलाकी’, ‘ओ के छ त २’ बाट गायक खातीले उत्कृष्ट गायकको अवार्ड हात पारेका हुन ।
गायक खातीका ओके छ त, झुम्के बुलाकी ९ओके छ त ९२०, हाम्रै कालिन्चोक, जुनतारा, बिउ खायो किरैले लगायतका विभिन्न गितहरु बजारमा छन् ।
कतारका लागि नेपाली राजदुतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवार्ड कार्यक्रममा रन्जित परियार ,सरस्वती लामा, भुमिका गिरि, शोभा त्रिपाठी, नवीन पौडेल, दावा फिन्जो लामा लगायतका कलाकार हरुले अवार्ड हात पारेका थिए । जितेका छन ।
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५