सबैलाई थाहा छ कि सलमान खान आफ्नी आमालाई निकै माया गर्छन् । उनले धेरै कार्यक्रम तथा अन्तर्वातामा पनि आफुले आमालाई कति माया गर्छु भनेर बताउने गरेका छन् । सलमानले समाजिक सञ्जालमा पनि आफ्नी आमासँगको तस्विर बारम्बार अपलोड गर्ने गर्छन् ।
बोली मात्रै होइन सलमानको व्यवहारले पनि यही प्रमाणित गर्छ । सलमानकी आमा सलमा खान सामान्य कार किन्न चाहन्थिंन् । जब, उनले आफ्नी आमाको इच्छा बुझे, त्यसपछि एउटा लक्जरियस कार किनिदिएका छन् । यो साधारण कार होइन । निकै महंगो र आनन्ददायी एसयुवी कार हो ।
सलमानकी आमालाई भने यो सरप्राइज भयो । मिडिया रिर्पोट अनुसार कम्पाडन्डमा महंगो कारदेखेपछि उनी केही समय चकित परेकी थिइन् । तर उक्त कार छोराले नै किनिदिएको हो भनेर बुझ्न उनलाई समय लागेन । सलमानले यसअघि बहिनी अर्पिता र पूर्व प्रेमिका कैट्रिना कैफलाई पनि महंगो कार उपहार दिएका थिए । सलमान अहिले आफ्नो नयाँ फिल्म ‘भारत’ को सुटिङमा व्यस्त छन् । यो फिल्म यसै वर्ष इदका अवसरमा रिलिज हुनेछ ।
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५