काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल (शैलेन्द्र शरद)को यो मन उड्यो चरा बनी आकाशमा’ गीतको भिडियो प्रणय दिवसको अवसर पारेर सार्वजनिक भएको छ ।
गीतमा शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सानिध्य खनाल र स्मिता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ । युवराज वाइवाले निर्देशन गरेको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन् । आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याउने अन्तिम तयारीमा रहेको ‘शरद २’ एल्बममा यस गीतसहित सातवटा गीत समावेश रहेको संगीतकार गैरे सुरेशले जानकारी दिए ।
डेढ दशक बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गीतकार शैलेन्द्र शरद हाल सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५