नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को अध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष सी एन पाण्डेले औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेका छन । यही पौष २८ गते होटल सोल्टीमा हुने नाट्टाको ५१ औँ साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ । वर्तमान कार्यसमिति र अग्रजहरुले पाण्डेको नेतृत्वमा सर्वसम्मतिको प्रयास पनि गरिरहेका छन । पाण्डे स्वयं पनि आफू सर्वसम्मतिकै पक्षमा रहेका छन । उनले जित्दैनकि भन्ने आसय भन्दा पनि एकजुट भएर नाट्टामा जाऔं भन्ने उद्देश्यले सर्वसम्मत गराउने प्रयास भएको बताएका छन । पाण्डे सक्षम र व्यवसायिक टिमले नाट्टा चलाउनु पर्ने भन्दै ट्राभल व्यवसायीहरुको हीतका लागि नीतिगत सुधार आवश्यक रहेको तथा नेपाल आउने पर्यटकको संख्या ५० लाख पुर्याउने लक्ष्य आफूहरुको रहेको बताउछन । यसै विषयमा आजकोन्युजले पाण्डेसँग गरेको कुराकानीको अशः
अध्यक्षका तपाईको उम्मेदवारी किन ?
–विगत २७ वर्षदेखि पर्यटन व्यवसाय र डेढ दशकदेखि नाट्टाको संस्थागत विकासमा क्रियाशील रहँदै आएको छु । नाट्टाको पोखरा च्याप्टरको विभिन्न पदमा रहँदै नाट्टा केन्द्रीय समितिमा ८ वर्षदेखि सदस्य, कोषध्यक्ष, द्धितिय उपाध्यक्ष र हाल प्रथम उपाध्यक्ष रहेर काम गरिरहेको छु । यस बीचमा मैले नाट्टाको संस्थागत विकासमा लागि धेरै काम गरेको छु । पर्यटन व्यवसायलाई प्राथमिकताको उद्योगको रुपमा स्थापित गर्न म संयोजक रहेको गोल्डेन जुब्ली उद्घाटन र समापन कार्यक्रमको प्रमुख एजेण्डा हो । यसलाई कार्यान्वयन गराउने मुख्य काम मेरो हो । यसका लागि सरकारसँग समन्वय गर्नका लागि पनि म सक्षम छु त्यसकार मेरो उम्मेदवारी अध्यक्षमा हो ।
तपाई सर्वसम्मत नेतृत्वको पक्षमा हो ?
–हो । नाट्टाको वर्तमान कार्यसमितिमा, अग्रज र युवा व्यवसायीहरु सबैको चाहना मैले नेतृत्व गरोस भन्ने छ । मैले प्रथम उपाध्यक्षको रुपमा दिएको सफल नेतृत्वको सबै व्यवसायीले प्रशंसा गरेका छन र सर्वसम्मत हुन आग्रह पनि गरेका छन । म पनि सबै व्यवसायीलाई समेटेर अघि बढ्न तयार छु र सोही अनुसारको प्रयत्न गरिरहेको पनि छु । नाट्टाको सांगठनिक नेतृत्वका हिसाबले म सक्षम छु ।
नेपालका ट्राभल व्यवसायीका समस्या पनि धेरै छन समाधानका लागि के गर्नुहुन्छ ?
–यसका बिबिध समस्या सरकारसँग जोडिएका छन । कतिपय नीतिगत सम्बोधन गर्नुपर्ने विषय पनि रहेका छन । तीनको समाधानका लागि सरकारसँग सहज रुपमा समन्वय गरेर सबै विषय टुंग्याउने मेरो चाहना छ । नेपालको पर्यटन व्यवसायको मेरुदण्डको रुपमा रहेकमो ट्राभल व्यवसायलाई अझै आकर्षक र समस्या रहित बनाउन मेरो भूमिका महत्वपूर्ण हुनेछ ।
टिकेटिङ र भुक्तानीका समस्या पनि व्यापक छ कसरी समाधान गर्नुहुन्छ ?
–म लामो समयदेखि यस व्यवसायमा संलग्न छु । हाम्रो समूहमा टिकेटिङको प्रमुख विक्रेताहरुको सहभागिता हुन्छ । त्यहाँ भएका समस्याहरुको एकमुष्ठ रुपमा समाधानको प्रयत्न गर्नेछु ।
–ट्राभल व्यवसायमा ठूला र साना दुबैखाले लगानी छन यसको बीचमा केही दूरीजस्तो देखिन्छ यसलाई संयोजन गरेर सबै व्यवसायीलाई सन्तुष्ट तुल्याएर कसरी नेतृत्व दिनुहुनछ ?
–म आफैँ सानो लगानीबाट सुरु गरेर आज व्यवसायको विस्तारको चरणमा अघि बढीरहेको छु । त्यस्तै म दुबैखाले व्यवसायीसँग निकट रहेर काम गरिरहेको छु । म नेतृत्वमा आएपछि साना लगानीका व्यवसायीलाई पनी थप लगानी गरी व्यवसाय वृद्धिका लागि सोही अनुसारको वातावरण सिर्जना गरी प्रेरित गर्छु । ठूला व्यवसायीको लगानीको संरक्षण गर्दै व्यवसायिक वातावरणलाई अझ मजबुद बनाउन भूमिका खेल्छु ।
तपाईहरुको व्यवसायमा केही विकृतिहरु पनि छन त्यसको न्यूनिकरणका लागि के योजना छन ?
–यो व्यवसायमा भएका विकृतिहरुको न्यूनिकरणका लागि हामीसँग ठोस योजनाहरु रहेका छन । हामी रेटमा बेञ्चमार्क कायम गर्छौ । अनधिकृत रुपमा सञ्चालित टिकेटिङ, टुरका लागि सरकारसँग समन्यव गरी नियन्त्रणको प्रयास गर्छौ । अन्तर्राष्ट्रिय बजारिकरण गर्न हाम्रा सदस्यहरुलाई सहुलियतका प्याकेजहरु निर्माण गरी पर्यटन बोर्ड मार्फत समन्वय गरी अघि बढाउछौँ ।
नेपाल भित्रै पछिल्लो पटक नेपालीहरुको घुम्ने बानीको विकास भएको छ । त्यसका लागि आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने कस्तो योजना छ ?
–अवश्य छन । हामी नेपाल सरकार, निजी क्षेत्रको समन्यवमा ‘पे अन लिभ’को अवधारणामा कम्तिमा १५ दिन देशभित्रै घुम्नेगरी आधिकारिक ट्राभल एजेन्सि मार्फत घुम्ने व्यवस्था मिलाउँछौँ । जसले व्यवसायीलाई समेत एक तह माथि पुग्न टेवा पुग्छ ।
भएका पर्यटकीय गन्तव्यको संरक्षण र नयाँको खोजी र बजारिकरणका लागि केही योजना ?
–गोल्डेन जुब्लि समापन समारोहमा केही मुख्य पर्यटकीय गन्तव्यहरुका निर्वाचित प्रमुखहरुसँग व्यवसायीका माझमा प्रतिबद्धता जनाउन कार्यक्रम सञ्चालन ग¥यौं । अब थप गन्ततव्यको पहिचान गरि पर्यटक विस्तार गर्न बसाई लम्व्याउन रणनीतिक योजना बनाइ कार्यान्वयन गर्छौ ।
पर्यटक आगमन बृद्धिको योजना के छ ?
–हामी नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी अन्तर्राष्ट्रिय बजारमा नेपालका पर्यटन व्यवसायीको व्यापक रुपमा सहुलियत मेला व्यवसायको आयोजना गर्छौ । पर्यटक गन्त्यवबाट नेपालमा थप पर्यटक भित्रायउन वायुसेवा कम्पनीलाई नेपालमा सीधा सम्पर्क गर्ने व्यवस्था मिलाउन पहल गर्छै संसारमा जुन देशको वायु सेवा प्रभावकारी हुन्छ त्यही देशमा पर्यटकको संख्या अत्याधिक वृद्धि हुन्छ । त्यसका लागि सरकारलाई नेपाल एयरलाइन्सको सेवा विस्तार गर्न कम्तिमा थप १० थान जाहाज खरिद गराउन दबाबयुक्त पहल गर्छौ । त्रिभुवन विमानन्स्थलको क्षमता वृद्धि गरी २४ सै घण्टा सञ्चालन गर्ने, बन्दै गरेका अन्तर्राष्टिय विमानस्थल यथाशक्य निर्माण गरी सञ्चालन गराउन पहल गर्ने र पूर्वाधारमा सडक, द्रूतमार्गको विकास, पार्कहरुको निर्माण सञ्चालन लगायतका काम गर्न विशेष पहल गर्नेछौ ।
प्रकाशित मिति: बुधबार, पुस १९, २०७४