काठमाडौं । प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबी गर्दै नेकपा एमालेले अदालत जाने तयारी गरेको छ।
भक्तपुरको गुण्डुमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले अदालत खुल्नेबित्तिकै मुद्दा दर्ता गर्ने निर्णय गरेको हो।
उपमहासचिव प्रदीप ज्ञवालीले संसद् विघटन संवैधानिक प्रक्रियाविपरीत भएको भन्दै पुनर्स्थापना नै एमालेको प्रमुख माग रहेको बताए।
‘अहिलेका राजनीतिक गतिविधिहरू चुनावमुखी होइनन्,’ उनले भने, ‘विघटन असंवैधानिक भएकाले संसद् पुनर्स्थापना हुनुपर्छ। अदालत खुल्नेबित्तिकै हामी मुद्दा दायर गर्छौं।’
प्रकाशित मिति: आइतबार, असोज २६, २०८२