काठमाडौं । नेकपा एमालेले आफ्नो एघारौं महाधिवेशन मंसिरको अन्तिम सातामा गर्ने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति यही अवधिमा तय गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार महाधिवेशनको सटीक मिति र स्थान भने आउँदो २९ गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकले टुंगो लगाउनेछ।
ज्ञवालीले भने, “नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ, विस्तृत निर्णय केन्द्रीय कमिटी बैठकले गर्नेछ।”
प्रकाशित मिति: आइतबार, असोज २६, २०८२