जनकपुरधाम । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले हालका अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा मन्त्री कुलमान घिसिङमाथि पनि सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारसम्बन्धी छानबिन सुरु गर्नुपर्ने माग गरेका छन्।
बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा खनालबाटै सुरुवात गर्नुपर्ने बताएका हुन्। उनका अनुसार, “सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने?”
बस्नेतले घिसिङमाथि पनि विभिन्न उजुरी दर्ता भएको दाबी गर्दै उनले भने, “कुलमानजीविरुद्ध अख्तियार, सम्पत्ति शुद्धीकरण विभाग र संसदीय समितिमा दर्जनौं मुद्दा छन्। अब छानबिन त्यहीँबाट सुरु गर्ने कि नगर्ने?”
उनले हालको सरकार र अनुसन्धान निकायहरू चयनात्मक रूपमा काम गरिरहेको आरोप समेत लगाएका छन्।
प्रकाशित मिति: बुधबार, असोज २२, २०८२