काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरेको छ ।
आयोगले विदेश जान नपाउने सूचीमा पूर्वगृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजाललाई पनि समेटेको छ ।
आज बसेको आयोगको बैठकले उनीहरूलाई अनुसन्धानको दायरामा राखिएको भन्दै कुनै पनि समयमा आयोगमा उपस्थित हुन सक्ने अवस्था सुनिश्चित गर्न आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो ।
आयोगले आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका बाहिरिन पनि नपाउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०८२