काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पद त्याग गरेका छन्। पार्टीको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा उनले अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
पार्टीका प्रवक्ता कृष्ण शर्माका अनुसार हालैको जेनजी आन्दोलनपछि पार्टीलाई रुपान्तरण र पुनर्गठन गर्ने उद्देश्यले भट्टराईले पद छोडेका हुन्। उनले भने, “पार्टी पुनर्गठनको लागि उहाँले अध्यक्ष पद त्याग गर्नुभएको हो। नयाँ शक्तिबाटै नयाँ यात्राको सुरुआत हुन्छ।”
भट्टराईको राजीनामापछि पार्टी विशेष महाधिवेशनतर्फ अघि बढ्ने तयारीमा रहेको छ। दुर्गा सोबको संयोजकत्वमा महाधिवेशन आयोजक समिति समेत गठन गरिएको प्रवक्ता शर्माले जानकारी दिए।
काठमाडौंमा सम्पन्न बैठकमा केन्द्रीय समिति सदस्यहरू, प्रदेश संयोजक र जिल्ला संयोजकहरूको उपस्थिति थियो।
प्रकाशित मिति: बुधबार, असोज ८, २०८२