काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनका कारण दुई दिनमै देशले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको भन्दै गहिरो दुःख व्यक्त गरेका छन्। संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले हरेक पुस्ताको सक्रियताले लोकतन्त्रलाई थप सबल बनाउने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले १७ वर्षको उमेरदेखि नै प्रजातान्त्रिक आन्दोलनमा होमिएको अनुभव स्मरण गर्दै हाल उत्पन्न राजनीतिक रिक्ततालाई सबैको सुझबुझ र सहकार्यले मात्र पार गर्न सकिने बताए।
उनले प्रतिनिधिसभाबाट प्रधानमन्त्री चयन गर्ने सम्भावना नदेखिएपछि दलहरूबीचको आम सहमतिमा संसद् विघटन गरिएको स्पष्ट पारे। साथै, मुलुकलाई निकास दिनका लागि अबको ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गरिने बताए।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२