काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा राजदूत श्रीवास्तवले नेपालको उन्नति, समृद्धि र पुनर्निर्माणका लागि भारत सधैं सहयोगी रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
“नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत सदैव उभिनेछ,” राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भनेका थिए।
जेनजी आन्दोलनसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन्। प्रधानमन्त्री नियुक्त भएसँगै उनले सिफारिस गरेअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गरिसकेका छन्।
यसैबीच, आगामी बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम तय भएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२