काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा प्रहरीले ६ वटा शव फेला पारेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार जलेको अवस्थामा भेटिएका शव कंकाल मात्र भएकाले पहिचान गर्न नसकिने अवस्था छ । उनले शवको पहिचान डीएनए परीक्षणपछि मात्र हुने बताए ।
२३ भदौमा जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा ठूलो आगलागी भएको थियो । सो क्रममा प्रहरीले गोली चलाउँदा काठमाडौंसहित विभिन्न जिल्लामा २१ जनाको मृत्यु भएको थियो । त्यसपछि आन्दोलन झन् उग्र बन्दै भोलिपल्ट २४ भदौमा देशभर तोडफोड र आगजनीका घटना घटेका थिए ।
हालसम्म आन्दोलनसँग सम्बन्धित घटनामा ५८ जनाको मृत्यु भएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२