काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सबैलाई शहीद घोषणा गर्दै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गर्नुभएको छ ।
मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा ७२ जनाको ज्यान गएको छ, जसमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन् । साथै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२