काठमाडौं, २५ भदौ – सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३,३०० कैदी फरार भएका छन्। स्रोतका अनुसार, कारागारमा पहिले ३,८०० कैदीबन्दी रहेका थिए, जसमध्ये अहिले करिब ५०० मात्रै बाँकी छन्।
भद्रबन्दी गृहमा करिब १०० कैदी रहेका थिए, तर ती पनि फरार भएको जानकारी प्राप्त भएको छ। त्यस्तै, महिला बन्दीगृहमा करिब १०० कैदी रहेका थिए भने सेन्ट्रल कारागारमा करिब ३०० कैदी मात्र बाँकी छन्।
उल्लेखनीय कुरा के छ भने, भद्रबन्दी गृहमा रहेका नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका टोपबहादुर रायमाझी पनि फरार भएका छन्। कारागार स्रोतले भने, “उहाँ अहिले पनि छैनन् र फर्किने सम्बन्धमा कुनै सूचना आएको छैन।”
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२