काठमाडौं । देशभर बढ्दो अराजक गतिविधि, तोडफोड, लुटपाट र हिंस्रक आक्रमण नियन्त्रण गर्न नेपाली सेनाले आजदेखि देशव्यापी कर्फ्यू आदेश लागू गरेको छ । सेनाले जारी गरेको विज्ञप्ति अनुसार आज साँझ ५ बजेसम्म कर्फ्यू लागू हुनेछ भने त्यसपछि पनि आदेश निरन्तर रहने र भोलि बिहान ६ बजेसम्म कडाइका साथ पालना गरिने छ ।
सडकमा ठूलो संख्यामा सेना परिचालन भइसकेको छ । सेनाले जनतालाई सतर्क रहन आग्रह गर्दै भनेको छ–
“आन्दोलनको नाममा भइरहेको सार्वजनिक सम्पत्तिको क्षति, आगजनी, लुटपाट, व्यक्ति लक्षित हिंसा, बलात्कारका प्रयास जस्ता अपराधजन्य गतिविधि कुनै पनि हालतमा सह्य हुँदैनन् । यस्ता कार्यमा संलग्नलाई सुरक्षाकर्मीमार्फत तुरुन्त कडा कारबाही गरिनेछ ।”
कर्फ्यू अवधिमा के खुला ?
कर्फ्यूको दौरानमा अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन–
सेनाले आवश्यक पर्नेसम्म नजिकैका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न नागरिकलाई आग्रह गरेको छ ।

अफवाहमा नलाग्न आग्रह
सेनाले विशेषतः अवकाशप्राप्त सैनिक, सरकारी सेवक, सञ्चारकर्मी र आम नागरिकलाई लक्षित गर्दै भनेको छ–
“संकटको घडीमा अफवाह र भ्रामक सूचनाको पछाडि नलागौं, आधिकारिक जानकारीलाई मात्र आधार मानौं । राष्ट्रिय एकता, सामाजिक सद्भाव र जनजीवन सामान्यतर्फ फर्काउन सबैको सहयोग आवश्यक छ ।”
‘शून्य सहिष्णुता’ नीति
सेनाले आन्दोलनको नाममा हुने कुनै पनि तोडफोड, हिंसा वा लुटपाटलाई ‘दण्डनीय अपराध’ घोषणा गर्दै कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२