काठमाडौं । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निवासमा आगजनी गरेका छन्।
थापाको रातोपुलस्थित घरलाई लक्षित गर्दै उनीहरूले सुरुवातमै घरमा रहेको गाडीमा आगजनी गरेका थिए। त्यसपछि घर परिसरमा समेत आगो लगाइएको प्रहरीले जनाएको छ।
सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि देशव्यापी रूपमा चर्किएको आन्दोलनलाई प्रहरीले हिजो बलपूर्वक नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो। प्रहरीको गोली लागेर कम्तीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२