काठमाडौँ। कर्णाली प्रदेश अस्पतालले अब अनलाइनबाट नै टिकट काट्न सकिने व्यवस्था ल्याएको छ । सेवाग्राहीको चाप बढेपछि अनलाइनबाट नै नाम दर्ता गराउन सकिने व्यवस्था गरिएको हो ।
अनलाइन सेवाले सेवाग्राहीमा थप सहजता प्रदान गर्ने अपेक्षा अस्पतालले गरेको छ । सुविधा सम्पन्न अस्पताल बनेसँगै सेवा लिनेहरूको घुइँचो लाग्ने गरेको छ ।
आजदेखि उक्त सेवा सञ्चालनमा आइसकेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०