काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया भएको छ। कीर्तिपुरस्थित वर्न सेन्टरमा आज शल्यक्रिया भइरहेको हो।
६ महिना अगाडि आफ्नै घरमा ग्यास पड्किएर आगलागीमा परी घाइते भएका भण्डारीको आज हातको भागको शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ ।
पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ। उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा. तिमोथी स्प्रौलसमेत आएको बताइएको छ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०