काठमाडौँ । कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा सर्वोच्च अदालतले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश गरेको हो । घाँटीमा समस्या भएर अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुगेका ८ महिनाका बालक आलोक बराललाई गलत सुइ दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन आदेश दिइएको हो ।
पीडित बालकका बुबा ध्रुवकुमार विश्वकर्माले अर्कै बालकका लागि तयार पारिएको ‘मेनेन्जाइटिस मलेरिया’को खोप आफ्नो बच्चामा लगाउँदा उनको स्वास्थ्यमा क्षति पुगेको भन्दै मुद्दा हालेका थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०