काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको ताला नेविसंघले आज खोलेको छ।नेविसंघले ताला लगाएपछि त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता रोकिएको थियो।
नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलले त्रिवि सेवा आयोगमा लगाइएको ताला खोलिएको जानकारी दिए।
सेवा आयोगले २०७७-०७८ मा आन्तरिक प्रतियोगिताबाट विभिन्न पदहरूमा पदपूर्ति गर्न विज्ञापन गरेकामध्ये व्यवस्थापन र समाजशास्त्र, हिन्दी र मैथली विषयको अन्तर्वार्ता गत साउन १५ गतेदेखि सुरु गर्ने तालिका थियो। तर तालाबन्दीले अन्तर्वार्ता रोकिएको छ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९