काठमाडौँ। विश्वभरि फैलिएको कोरोना कहरका बीच यही मंसिर ९ गतेबाट हुने कक्षा १२ को परीक्षामा कोरानासंक्रमणबाट बच्नका लागि न्यूनतम स्वास्थ्य मापदण्ड अपनाइने भएको छ ।
स्वास्थ्य मापदण्ड :
परीक्षा हलमा दुई मिटरको दूरी
हेल्थ डेस्कमा हात धुने, ज्वरो नाप्ने व्यवस्था
मास्कको अनिवार्य प्रयोग
एउटा कोठामा बढीमा २० परीक्षार्थी
कोरोनासँग मिल्दोजुल्दो लक्षण भए छुट्टै कोठामा परीक्षा
कोरोना पोजिटिभ देखिएमा पछि परीक्षा दिने व्यवस्था
परीक्षा हलअनुसार आलोपालो भित्र पस्ने र बाहिर निस्कने व्यवस्था
परीक्षा हल आधा घण्टाअघि खुल्न सक्ने
परीक्षाका सामग्री विद्यार्थीले आपसमा प्रयोग गर्न नपाउने
४० प्रतिशतको मात्रै परीक्षा हुने
परीक्षा बोर्डले ४० प्रतिशतको मात्रै परीक्षा सञ्चालन गर्न लागेको हो । ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने बोर्डले जर्नाएको छ ।
बोर्डका अनुसार २०७६ वा त्यसभन्दा अघि लिइएको कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ प्राप्त गरेको विषयगत प्राप्तांकलाई १०० प्रतिशत मानी सोको ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिने छ ।
त्यस्तै, कक्षा १२ मा अध्ययनका क्रममा विद्यालयबाट गरिएको आन्तरिक मूल्यांकनको अङ्कभारसैद्धान्तिकतर्फको कूल पूर्णाङ्कलाई १०० प्रतिशत मानेर सोको २० प्रतिशत हुने बोर्डले जनाएको छ । विद्यार्थीको गृहकार्य, कक्षाकार्य, परियोजना कार्य, सामुदायिक कार्य, अतिरिक्त क्रियाकलाप, सामूहिक कार्य, इकाई परीक्षा, त्रैमासिक परीक्षा जस्ता मूल्यांकनका साधनहरूको प्रयोग गर्नुपर्ने बोर्डले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७