काठमाडाैं । बिहीबार थप २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशाेरमा कोरोना संक्रमण देखिएको हो ।
यो सँगै कोरोना सक्रमितको संख्या ४७ पुगेको छ । हिजो एकैदिन ३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
संक्रमितमध्ये ९ जना निकाे भएर घर फर्किएका छन् भने ३५ जनाकाे उपचार भइरहेकाे छ ।
यसैबीच, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना भाइरस संक्रमित निको भएका छन् । बिहीबार दिउँसो उनीहरू डिस्चार्ज भएका हुन् ।
।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७