काठमाडाैं । नेपालमा एकैदिन ९ जना काेराेना संक्रमित थपिएका छन् । ती सबै उदयपुरकाे एकैठाउँका हुन् ।
यसअघि १३ जना कोरोना संक्रमित भेटिएको ठाउँकै थप ९ जनामा संक्रमण पुष्टि भएको हाे ।
बिपी कोइराला अस्पताल धरानमा पीसीआर बिधिबाट गरिएको परीक्षणमा ८ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा गरिएकाे परीक्षणमा १ जना गरी ९ जनाकाे संक्रमण पुष्टि भएकाे हाे ।
सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो ।
गत शनिबार १३ जना संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न विराटनगर पठाइएकोमा ८ जनामा कोरोना देखिएको हो।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४० जना पुगेको छ। तीमध्ये हालसम्म ५ जना निको भई घर फर्किसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७