काठमाडाैं । नेपालमा कोभिड– १९ को संक्रमणको सङ्ख्या ३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप १ जनामा संक्रमण देखिएको जानकारी दिए ।
उनले शनिबार गरिएकाे परीक्षणमा शुक्रबार उदयपुरमा देखिएका १२ जनाको समूहकै व्यक्तिमा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्ति उदयपुरका ६५ वर्षीय पुरुष हुन् ।
उनका अनुसार संक्रमित नेपाल वा भारती हुन भन्नेबारे अझै विस्तृत विवरण प्राप्त हुन सकेको छैन । योसँगै नेपालमा संक्रमितको सङ्ख्या ३१ पुगेको छ । शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा संक्रमण देखिएको थियो ।
मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले कोशी अस्पतालमा परीक्षणका क्रममा संक्रमण देखिएको बताए । उनले संक्रमितका नजिकका आफन्तको कन्ट्याक ट्रेसिङ पनि सुरु गरिएको जानकारी दिए ।
नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएका मानिसमा संक्रमण देखिएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७