काठमाडौं । पेप्सीकोलास्थि सनसिटी अपार्टमेन्टमा बस्नेहरुमा कोरोना संक्रमण परीक्षण सुरु भएको छ ।
अपार्टमेन्टमा बस्ने व्यक्तिहरुको परिक्षण आजैबाट सुरु गरिएको छ भने त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार र्यापिड टेस्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारी बस्दै आएका थिए । उक्त परिवार सो चैत ५ गते लन्डनबाट फर्किएको थियो ।
अपार्टमेन्टमा बसेका २ जनालाई काेराेना पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ । अहिले उनीहरुको पाटन अस्पतालमा नै उपचार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७