काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म नेपालमा ९ जनामा कोरोना संक्रमिण पुष्टि भएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमा साेबारे जानकारी दिएका हुन् ।
हालसम्म नेपालमा १ हजार ४ सय ४१ जनाकाे परीक्षण गरिएकाे छ । उनका अनुसार काठमाडाैंबाहिर धरान, जनकपुर हेटौँडा पाेखरा सुर्खेतमा र धनगढीमा परीक्षण जारी रहेकाे प्रवक्ता डा. देवकाेटाले जानकारी दिए ।
परीक्षण गरिएकामध्ये १ हजार ४ सय ३२ जनाकाे रिपाेर्ट नेगेटिभ आएकाे उनले जानकारी दिए । संक्रमितमध्ये १ जना उपचारपछि निको भइसकेका छन् भने ८ जनाको उपचार जारी छ ।
यसैगरी देशभरका आइसाेलेसनमा हाल ६९ जना उपचाररत रहेकाे पनि देवकाेटाले जानकारी दिए । उपत्यकामा १५ जना र विभिन्न प्रदेशमा ५४ जना आइसाेलेसनमा उपचार गराइरहेकाे उनले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६