लहान : सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १ स्थित बाखर गाउँनजिकैको सपेत घारीमा एक बेबारिसे शव फेला परेको छ ।
नाम ठेगाना नखुलेको अन्दाजी ६० वर्षीय तराई मूलको जस्तो देखिने पुरुषको विभत्स हत्या भएको प्रहरीले अनुमान गरेको छ । मृतकको सनाखत हुन सकेको छैन ।
मृतकको हुलिया उचाई ५ फिट ५ इन्च, आधा कपाल फुलेको मोटो शरीर अन्दाजी ८५ किलो खैरो स्वेटर खैरो कमिज र गम्छा लगाएको प्रहरीले जानकारी दिएको छ ।
पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा शव राखिएको र अहिलेसम्म मृतकका आफन्त खोजतलास गर्न नआएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६