काठमाडौं : काठमाडौंबाट दोलखा जाँदै गरेको गौरीशंकर यातायातको बस र अर्को दिशाबाट आउँदै गरेको ट्याक्सी एकापसमा ठक्कर खाँदा ट्याक्सी चालक घाइते भएका छन् ।

सिन्धुपाल्चोकको दोलालघाटमा गौरीशंकर यातायातको बससँग बा २ च ४०७६ नम्बरको ट्याक्सी ठोक्किएको थियो । घटनामा ट्याक्सी चालक घाइते भएको र निजको स्थानीय मेडिकलमा उपचार भइरहेको खबर प्राप्त भएको छ ।

घटनापछि यातायात अवरुद्ध हुँदा दुवैतर्फका सयौँ सवारी साधन रोकिएर प्रत्यक्षदर्शी गणेश घिमिरेले जानकारी दिए । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

तस्बिर : गणेश घिमिरे
प्रकाशित मिति: शनिबार, चैत २३, २०७५