काठमाडाै : लाजिम्पाटको चैत्य मार्गमा तीन तले घरमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
गएराति १२ बजेतिर धर्म महर्जनको घरमा आगलागी हुँदा शंकर होटलमा काम गरी साेही घरमा भाडामा बस्दै आएका ४० वर्षीय भेषबहादुर थापाको ज्यान गएको हो । आगाे गएराति नै नियन्त्रणमा आएकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५