काठमाडौं : नेपाल बार एसोसियनसनको पछिल्लो मत परिणाम अनुसार वृहत लोकतान्त्रिक प्यानलका सुनिल कुमार पोखरेल २ सय मतले अगाडी देखिएका छन् । बुधबार अपराह्नसम्म उपत्यका बाहिरको मत गणना सम्पन्न भइसकेको छ ।
पछिल्लो मतपरिणाम अनुसार पोखरेलले १७ सय ८७ मत पाएका छन् । उनका प्रतिस्पर्धी प्रगतीशीलका उम्मेदबार चण्डेश्वर श्रेष्ठले १५ सय ६१ मत पाएका छन्। त्यस्तै महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै अग्रता छ । महासचिवका उम्मेदवार लिलामणी पोखरेलले प्रगतीशीलका उम्मेदार सुरेन्द्र बहादुर थापा भन्दा २ सय ९० मतले अगाडी छन् ।
लिलामणिले १७ सय ८५ मत प्राप्त गरेका छन् भने थापाले १४ सय ९५ मत प्राप्त गरेका छन्। बारमा उपत्यका मत निर्णायक हुने गर्छ । करीब ५० प्रतिशत मतदाता उपत्यकामा छन्। उपत्यकाभित्र मात्र ४ हजार ४३ मत खसेको छ। सर्वोच्च बारमा ६ सय ४४ मत रहेको छ भने पाटन पुनरावेदन बारमा १ हजार ६८ मत खसेको थियो।
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५