सुर्खेत : कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा कार्यरत बैंकलाई कर्णालीको प्राङ्गारिक उत्पादनमा लगानी गर्न आग्रह गरे । वीरेन्द्रनगरमा मन्त्रालयद्वारा आयोजित कृषि क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानीसम्बन्धी अन्तरक्रियामा मन्त्री केसीले कर्णालीमा कार्यरत बैंकहरुलाई यहाँको प्राङ्गारिक उत्पादनका क्षेत्रमा ऋण लगानी गर्न आग्रह गर्नुभयो ।
बैंकहरुले प्राङ्गारिक उत्पादनलाई प्रोत्साहन गर्न व्यावसायिकरुपमा कृषिमा काम गर्ने किसानलाई सहुलियतमा कर्जा दिनुपर्नेमा मन्त्री केसीले जोड दिए। ज्योति विकास बैंक सुर्खेतका प्रमुख गङ्गाराम चौलागाईंले वास्तविक किसानसँग पुग्नेगरी लगानी गर्न वित्तीय साक्षरताका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने भनाइ थियो ।
कर्णालीका कृषकले सहजरुपमा राहत पाउन्, बैंकहरुद्वारा प्रवाह गरिने सेवामा सहजता होस् भनेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको मन्त्रालयका सचिव शिवनारायण चौधरीले जानकारी दिए ।
-रासस
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५