भोजपुर : संखुवासभाको सभापोखरी गाउँपालिका–६ देवालमा रहेको प्राइम कमर्सियल बैंकमा मंगलबार बिहान आगलागी हुँदा सात लाख रुपैयाँबराबरको क्षति भएको छ ।
संखुवासभा प्रहरीका अनुसार बिहान करिब ८ बजेतिर सोही स्थान बस्ने विकास तामाङको दुई तल्ले घरको भुइँतल्लामा रहेको बैंकमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागीबाट बैंकमा भएको नगद, कम्प्युटर २ थान, प्रिन्टर ३ थान, काउन्टिङ मेसिन १ थान, कुर्सी ४ थान, फायर कन्ट्रोल मेसिन १ थान, फर्निचर लगायतका सामग्रीहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
आगलागी भएको जानकारीपछि प्रहरी चौकी बाह्रबिसेबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५