काठमाडौं : पूर्वप्रधानसेनापति प्यारजंग थापाको नेतृत्वमा नेपाल नीति अध्ययन केन्द्रको स्थापना भएको छ ।
यसमा पूर्व सशस्त्र प्रहरी प्रमुख ठाकुरमोहन श्रेष्ठसमेत रहेका छन् । उनी यस तदर्थ समितिको उपाध्यक्ष तथा प्रवक्ता रहेका छन् । यो सामाजिक संस्थाले खोज, अनुसन्धानसम्मका उद्देश्य लिएको छ ।
यसको उद्देश्यमा अखण्ड, सुरक्षित, शान्त, विकसित, सम्पन्न नेपाल, स्वाभिमानी नेपाली रहेको छ । सधैँ राष्ट्रको हितमा काम गर्ने प्रवक्ता श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा पूर्व निर्वाचन आयुक्त तथा राजदूत डा. रामभक्त ठाकुर, महासचिव उपप्राध्यापक डा. राजु चित्रकार, कोषाध्यक्षमा सहप्राध्यापक डा. यादवप्रसाद ढुंगाना रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा सहप्राध्यापक डा. प्रदीपकुमार गिरी र श्रीमती टीकादेवी भण्डारी रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५