भोजपुर : भोजपुरमा विद्युतको काम गर्ने क्रममा पोलबाट लडेर एक युवाको ज्यान गएको छ ।
भोजपुरको पश्चिम टेम्के मैयुङ गाउँपालिका ५ को खावा रेम्बुमा विद्युतको काम गर्ने क्रममा पोलबाट लडेर जिल्लाको पूर्वमा रहेको पौवादुम्मा गाउँपालिका २ तिवारीभञ्ज्याङ घर भएका २६ वर्षीय नवीन राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए । गाउँमा पोलमा चढेर विद्युतको काम गर्ने क्रममा राई पोलबाट करिव १० मिटर तल खसेको बताइएको छ ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय अन्नपूर्ण र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली गएको प्रहरी निरीक्षक राजवंशीले बताए । मृतकको शव आफन्तलाई बुझाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५