काठमाडौं : आइतबार रातिको हावाहुरीबाट बारा जिल्लाका प्रभावितलाई धुर्मुस सुन्तली फाउन्डेसनले राहत प्रदान गरेको छ ।

सोमबार बारा पुगेर फाउन्डेसनका संयोजक सीताराम कट्टेल धुर्मुस आफैँले हावाहुरी पीडित चार सय परिवारका लागि राहत प्रदान गरेका हुन् । हावाहुरीबाट अतिप्रभावित गाउँपालिका फेटामा राहत वितरण गरिएको कट्टेलले जानकारी दिए । गाउँपालिका अध्यक्ष अमिरीलालप्रसाद साहलगायत जनप्रतिनिधिको रोहबरमा चामल, त्रिपाल, चाउचाउ जस्ता अत्यावश्यकीय सामान प्रदान गरिएको हो ।

हास्यव्यंग्य क्षेत्रबाट स्थापित यो जोडीले समाज सेवा गर्ने उद्देश्यले फाउन्डेसन स्थापना गरेर काम गर्दै आएको छ । नेपालमा भएका हरेक पीडादायी क्षणमा यो जोडी सेवामा हरबखत जुटिरहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०७५