काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार राती बारा र पर्सामा आएको हावाहुरीको कारण गम्भीर घाइते भएर महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराईरहेका घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
उनीहरुलाई सोमबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ ल्याईएको हो । काठमाडौंमा उपचार भइरहेका घाइतेहरुमा गीता देवि, महम्मद मियाँ, समिना खातुन, किशन पटेल, अमन पटेल सुरेश पटेल मनोज अन्सारी रहेका छन् । घाइतेहरुलाई भेटेर पौडेलले घाइतेका आफन्तसंग घटनाका बारेमा समेत जानकारी लिए ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५